काठमाण्डौमा शिव कृपानन्दको ध्यान शिविर

देश । मानिसका मष्तिस्कमा धेरै प्रश्नले खेल्ने गर्छन । हामी किन दुखी हुन्छौं ? हामीमा किन गुनासो रहन्छ ? यसको सरल जवाफ हो, अपेक्षा । जब हामी अरुप्रति अपेक्षा गर्छौं, दुखको मूल त्यही हो । अपेक्षाले भावनामा चोट पुर्याउने गर्दछ । चाहे श्रीमान्-श्रीमतीबीचमा होस्, चाहे पारिवारिक सदस्यबीमा होस्, चाहे छिमेकीमा होस्, एकअर्कामाथि गरिने अपेक्षाले अन्ततः हामीलाई दुख दिन्छ । आध्यात्मिक गुरु शिव कृपानन्दन यसै भन्छन् ।

उनको बुझाईमा ‘अपेक्षा नै दुखको जग हो ।’ सुखी र सार्थक जीवन बा“च्नका लागि अपेक्षारहित हुनुपर्ने गुरु शिवकृपानन्दको भनाई छ । उनले अपेक्षारहित ध्यान विधीमा अभ्यस्त गराइरहेका छन् । उनले यो विधीलाई समर्पण ध्यान भनेका छन् । यो ध्यान विधी हरेक बिहान आधा घण्टा बस्नुपर्छ, अपेक्षारहित । अपेक्षा त्याग गरेपछि सम्पूर्ण सुख र खुसीको स्रोत भेटिन्छ भन्ने गुरु शिवाकृपानन्दको बुझाई छ ।

उनै गुरुको नेपाल साइनो घतलाग्दो छ । उनले सर्मपण ध्यान विधी नेपालबाटै प्राप्त गरेको बताउने गरेका छन् । अतः नेपालमै यसलाई फैलाउने यत्नमा छन् । यतिबेला गुरु शिवकृपानन्द नेपालमा छन् । उनको यात्राको शीर्षक छ, ‘अन्र्तमनको शान्तियात्रा ।’ यस अन्र्तगत गुरुले गैरधार्मिक ध्यान शिविर आयोजना गर्दैछ, काठमाडौंको टुडिखेलमा । कार्यक्रम मंसीर ७ गतेदेखि तीन दिनसम्म चल्नेछ । ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ भन्दै उनी ध्यान शिविरका लागि नेपाल आएका हुन् । गुरु शिव कृपानन्द सरल, अद्वितिय ध्यान र आध्यात्मिक ज्ञान समर्पण ध्यानका प्रणेता मानिन्छन् ।

कमेन्ट गर्नुहोस्