सन्दीप कमाल : डेब्यु खेलमै लिए तीन विकेट

फाइल तस्वीर

युएर्युइ । युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी क्रिकेटको सबैभन्दा छोटो स्वरूपको प्रतियोगिता टी-१० क्रिकेट लिग अन्तर्गत आफ्नो डेब्यु खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले कमाल गरेका छन् । पछिल्लो समय एकपछि अर्को खेलमा आफ्नो प्रदर्शनलाई मजबुत बनाउदै आएका सन्दीपले डेब्यु खेलमै आफ्नो कमल देखाएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा बलर सन्दीपने अनुबन्ध भएको टिम केरला किङ्सले पख्तुनलार्इ ५ विकेटको क्षतिमा १०९ रनमा रोकेको थियो ।

केरलाबाट पहिलो खेलमै मैदान उत्रन पाएका सन्दीपले आफुलाई प्रमाणित गर्दै सन्दीपले एकै ओभरमा दुई विकेट लिए । उनले पहिलो बलमै विकेट लिदै अन्तिम बलमासमेत विकेट लिन सफल भए । चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपले वेष्ट इण्डिजका आन्द्रे फ्लेचरलाई पहिलो बलमा पेभेलियन पठाए । त्यसपछि त्यही ओभरको अन्तिम बलमा सन्दीपले दक्षिण अफ्रिकाका कोलिन इन्ग्रामलाई पेभेलियन फर्काए । त्यसपछि पनि सन्दीप रोकिएनन् ।

उनले छैटौँ ओभरमा पनि अर्को विकेट लिए । सन्दीपले छैटौँ ओभरको चौथो बलमा मोहम्मद कलिमलार्इ शिकार बनाए । लिगमा सन्दीपको टिम गत वर्षको विजेता हो । सन्दीपको टिम इयान मोर्गनको कप्तानीमा छ । त्यस्तै टिममा क्रिस गेल, उपुल थारंगा, केरोन पोलार्ड जस्ता खेलाडी पनि छन् । प्रतियोगितामा भाग लिन सन्दीप आइतबार त्यसतर्फ गएका थिए । सन्दीपलाई केरला किङसले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

कमेन्ट गर्नुहोस्