बारालाई नमुना जिल्ला बनाउन लागेका प्रजिअको दुर्घटना : संयोगकी नियतवस ?

देश । गत माघ १२ गते एउटा दुखद घटना घट्यो । जसमा बाराका सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान नै गयो भने प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते छन् । यस घटनालाई हेर्दा सडक दुर्घटना देखिएता पनि पछिल्लो समय यसमा आइरहेका विभिन्न घटनाक्रम र वस्तुस्थितिले यसलाई थप रहस्यमय बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गतिमा चलाएको स्कोर्पियो जीप पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै ढुंगालोड गरेको टेलरमा ठोक्किदा गाडीमा सवाररत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो भने गम्भीर घाइते भएका प्रजिअ भट्टराईको हाल चिन्ताजनक अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजग‌ंजमा उपचार भैरहेको छ । चालक कुर्मी गत २३ वर्ष देखि सवारी चालक रहदै आएका थिए ।

लामो समयदेखी बारामा हाली मुहाली गरी बसेका सवारी चालक कुर्मीले आँफुलाई प्रजिअ भन्दा पनि बढी शक्तिशाली ठान्ने भएकाले गर्दा बारामा आउने हरेक सीडीओलाई अस्थायी सीडीओ र कुर्मीलाई स्थायी सीडीओ भन्ने गरिएको स्रोतले बतायो । चालक कुर्मी सवारीचालकको आवरणमा देखिए पनि मुद्दामा सेटिङ गर्नेदेखि लिएर जिल्लामा हुने महत्वपूर्ण घट्नाहरुमा उनले बिचौलियाको काम गर्ने गरेको श्रोतको भनाइ छ । कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भाइको मृत्यु भएको भन्दै एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मी विरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएपछि हाल कुर्मी सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन् ।

सामान्य घाईते अवस्थाका कुर्मी २\३ दिनको उपचार पश्चात डिस्चार्ज भएपछि उनको गतिविधि शंकास्पद लागेको स्वर्गीय एसपीका दाजु शालिग्राम पोखरेलले प्रहरीमा किटानी जाहेरी दिएका हुन् । कुर्मी प्रहरी हिरासतमा परेपछि उनलाई छुटाउन विभिन्न शक्तिकेन्द्रबाट दवाव आउन थालेपछि घट्ना थप शशंकित बन्दै गएको मृतक एसएसपी तथा घाईते प्रजिअका आफन्तहरुले बताएका छन् । अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा नेपाल सरकारका केही सचिव र सहसचिव तथा अवकाश प्राप्त सचिवहरुले कुर्मीलाई बचाउन खोजेको आरोप परिवारजनले लगाएका छन् । प्रहरी नियन्त्रणमा रहेका कुर्मीले अहिले पनि तस्कारी गराउने, बारामा रहेका उद्योगहरुबाट चन्दा उठाउने लगायतका कार्यहरु गर्दै आएको स्रोतले बतायो । साथै , कुर्मीको करौडौको सम्पतिले पनि उनि प्रतिको शंकालाई बढाएको छ । उनले तस्करी, मुद्दा मिलापत्र र उद्योगहरुबाट चन्दा संकलन गरी करोडौ सम्पत्ति आर्जन गर्न सफल भएको स्रोत बताउँछ ।

प्रजिअलाई खुसी पारी उनले धन्दा संचालन गरी करोडौं सम्पत्ति आर्जन गरेको हुनसक्ने आशंका समेत गरिएको छ । कुर्मीले करोडौ खर्चेर कलैया उपमहानगरपालिकामा बनाएको नमूना घर देखेर कलैयावासीहरु आश्चर्यचकित हुने गरेका छन् । २०५१ तिर दुई छाक टार्नका लागि गाडीचालक पेशा सुरु रहेका कुर्मीसंग अहिले १५ करोड भन्दा बढीको जायजेथा रहेको बताईएको छ । प्रजिअ भट्टराई एक ईमान्दार, कर्तव्यनिष्ठ, नैतिकवान र भ्रष्टचार विरोधी चरित्रको भएको कारण चालक कुर्मी लगायतलाई दुई नम्बरी धन्दा चलाउन वाधा परेका कारण निजले दुर्घटना गराएको हुनसक्ने आशंका भट्टराईका शुभचिन्तक तथा आफन्तले गरेका छन् । प्रजिअ भट्टराईले बारालाई नमुना जिल्ला बनाउने गरि आफ्नो गतिविधि अगाडी बढाएका थिए भने उनले गैरकानुनीकामलाई ठप्प पारेका थिए ।

कमेन्ट गर्नुहोस्