नेपालमा फ्रान्सबाट आएकी युवतीलाई कोरोना ‘पोजेटिभ’

देश । आइतवार शिव कुमार रुंगटालाई कोरोना भाइरस नेगेटिभ देखिएपछी सामाजिक सञ्जालमा देखिएको खुसि कम भएको छ । स्वास्थ्य मन्त्रालयले कतारबाट फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

उनि गत मंगलबार नेपाल आएकी हुन् । उनको शुक्रराज ट्रपिकल अस्पताल टेकुमा उपचार भइरहेको छ । कतारबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोभिड–१९ को संक्रमण देखिएको मन्त्री ढकालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए ।

उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले जानकारी दिए । संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको समेत बताएइको छ । युवतीसँगै विमानमा को-को आएका थिए भन्नेबारे ट्रयाक गरिने पनि मन्त्रीले जानकारी दिएका छन् । युवतीलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै, उनीसँग आएका र सम्पर्कमा पुगेकाहरुलाई निगरानीमा राखिएको बताइएको छ।

कमेन्ट गर्नुहोस्