गुठीयारको एकै स्वर ‘सरकारले गुठी विधेयक फिर्ता होइन् , खारेजी गर ’

139 Shares

देश । नेपाल सरकारले गुठी विधेयक हिजो नै फिर्ता लिईसकेको छ । संसदमा ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ गत बैसाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो । तर चर्को विरोधपछि सरकारले यसलाई फिर्ता लिईएको हो । तर पनि उपत्यकाका गुठियारहरुले त्यसबाट चित्त बुझाएनन् । गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने उपत्यकाबासीहरूकाे माग छ ।

भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् । मन्त्री अर्यालको निर्णयलाई समर्थन गर्ने प्रधानमन्त्री ओलीले बताएका थिए । बुधबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा आइपुगेर सभामा परिणत भएको थियो ।

विरोध प्रदर्शनमा सहभागीहरुले एकै स्वरमा आफ्नो बटमलाइन सुनाए, ‘सरकारले गुठी विधेयक फिर्ता लिएर मात्रै पुग्दैन, फिर्ता नलिँदासम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’ माइतीघर मण्डलामा उपत्यकाका ४० भन्दा बढी गुठीहरूका तर्फबाट सहभागिता जनाइएको थियो । सरकारले विधेयक फिर्ता लिए पनि बुधबार काठमाडौंको माइतीघरमा दिनभर विरोध प्रदर्शन भयो । प्रदर्शनकारीहरुले विधेयक फिर्ता लिएर मात्रै आन्दोलन नरोकिने बताउँदै विधेयक खारेजी आफ्नो बटमलाइन भएको घोषणा गरे । सरकारले विधेयक खारेज गरेको घोषणा नगरेसम्म आन्दोलन नरोकिने उनीहरुले बताए ।

तस्वीर तथा भिडियो : आर्यन बिमली

Facebook Comments