विदेश । अन्ततः संयुक्त राज्य अमेरिकाले बालबालिकालाई पनि खोप दिने भएको छ । आउँदो बिहीबारदेखि फाइजरले बायोएन्टेकसँग मिलेर विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपले अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिने तय भएको छ । अमेरिकी नियामकले १२–१५ उमेर समूहका बालबालिकाहरुमा उक्त खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो । सो उमेर समूहका २ हजार २ सय ६० बालबालिकामा गरिएको क्लिनिकल परीक्षणमा यो खाप प्रभावकारी र सुरक्षित पनि देखिएको थियो ।
अमेरिकाको यो निर्णयले आगामी दिनमा कोरोना संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने र सामान्यरुपमा विद्यालय सञ्चालन हुन सक्ने अपेक्षा गरिएको छ । हालसम्म अमेरिकामा करिब २६ करोड डोज कोरोना खोप दिइएको छ ।
कमेन्ट गर्नुहोस्









