भ्याली ग्रुप एम्बेसडर बने नरेश

देश । लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई भ्याली ग्रुपको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । आज एक कार्यक्रमको आयोजना गर्दै बालाजुमा रहेको ग्रुपको कर्पोरेट कार्यालयमा ग्रुपका संस्थापक अध्यक्ष हरिकृष्ण रावलले सोमबार उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्तिको सम्झौता पत्र गरेको हो ।

‘हाम्रो उद्देश्य स्वास्थ्यकर र गुणस्तरीय मासुजन्य सामाग्री लगायतको प्रवर्द्धन गर्नु हो’, रावलले भने,‘सञ्चारकर्मी भट्टराइसँगको सहकार्यले आम उपभोक्तामा स्वास्थ्यकर मासुजन्य सामाग्रीको उपभोगबारे चेतना बढ्ने हाम्रो विश्वास छ।’

सञ्चारकर्मी भट्टराईले भ्याली ग्रुपसँग आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै कम्पनीको साखसँगै स्वास्थ्यकर मासुको उपभोगका लागि उपभोक्ताहरूलाई सचेत र जागरूक गराउन प्रयास गर्ने बताए।

विक्रम संवत् २०४१ मा सुपथ मूल्यमा गुणस्तरीय मासुजन्य व्यापार गर्ने उद्देश्यले स्थापित भ्याली कोल्ड स्टोर प्रालिबाट सुरु भएको भ्याली ग्रुप अहिले मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग, आधुनिक ह्याचरी उद्योग, पोलट्रीसँगै भ्याली एक्सप्रेसको ब्रान्डमा फास्ट फुड चेन रेस्टुरेन्टमा समेत सफल व्यवसायी समूह बनिसकेको छ।

मासुजन्य व्यापारसँग सम्बन्धित मुलुकका विभिन्न स्थानमा फिड ईण्डष्ट्रीहरु, ह्याचरी उद्योग, आधुनिक वधशाला र फास्ट फुड चेन सञ्चालन गरिरहेको भ्याली ग्रुप पोल्ट्री व्यवसाय सम्बन्धी खोज र अनुसन्धानमा समेत संलग्न छ।

कमेन्ट गर्नुहोस्