विदेश । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या बढ्दो छ । लकडाउनलाई केहि खुकुलो बनाएको भारतले झनै संक्रमणको सामना गर्नु परिरहेको छ । यहाँ संक्रमितको संख्या ७० हजार ७ सय ५६ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ६ सय नयाँ संक्रमित फेला परेका हुन् ।
यहाँ कोरानो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि २ हजार २ सय ९३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ८७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । भारतमा २२ हजार ४ सय ५५ संक्रमित निको भएर फर्किसकेका छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








