खुल्यो सिनेमा हल

विदेश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) का कारण जनजीवन सहज छैन । विश्वनै यसको चपेटामा परेको छ । विश्वनै यातिबेला कोरोना भाइरसलाई कसरी फैलिन नदिने र यसको जोखिम घटाउने विश्वमा सोच मग्न छ । हालसम्म यसको औषधि पत्ता नलागेता पनि यसको उपचार अन्य विधि मार्फत भईरहेको छ । गत नोभेम्बरमा चीनको वुहानबाट फैलिएको यो भाइरसले यतिबेला अमेरिका र युरोपमा फैलिरहेको छ ।

तर , चीनमा भने यसको संक्रमण कम भएको छ । कोभिड–१९ महामारीका कारण महिनौंदेखि बन्द सिनेमाघरहरु पुनः सञ्चालनमा आएका छन् । सामान्य स्थितिमा फर्किदै गरेको चीनमा हाललाई १७ सिनेमा घर खुलाइएको छ । तर , दर्शक संख्या निकै कम छ । मानिस सामान्य जीवनमा फर्किन सकिरहेका छैनन् । किनकी देशभरिका सिनेमाघरबाट चलेका फिल्मले भने जम्मा एक हजार ७० डलर मात्र कलेक्सन गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

चाइना फिल्म ब्युरोले सिनेमाघरलाई पाँचवटा पुराना सुपरहिट फिल्म चलाउन अनुमति दिएको थियो । जस अनुसार ‘वुल्फ वारियर २’ (२०१७), ‘द वेदरिङ अर्थ’ (२०१९), ‘उल्फ टोटेम’ (२०१५), ‘अमेरिकन ड्रिम्स इन चाइना’ (२०१३) र ‘केपरनाम’ (२०१८) प्रदर्शन् भएको छ । साथै , उक्त फिल्मबाट आर्जन भएको रकम हलले नै पाउनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्