देश । शनिबार मात्र नेपालमा ८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये चार जना उदयपुरको भुल्केका हुन् । तीन जना कपिलबस्तु र एक जना पर्साका हुन् । शनिवार ८ जना थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ११० पुगेको छ । उनीहरुमध्ये ३१ जना निको भएर घर फर्किएका छन् ।
शनिबार विहान ७ जनामा कोरोना संक्रमण देखिएको बताएको थियो । त्यसमध्ये तीन जना उदयपुरको त्रियुगा नगपालिका-३ भुल्केका हुन् । साँझ भुल्केका थप एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । चारै जना महिला छन् । १८, ४३, ४५ र ६५ वर्षीया महिलामा पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै कपिलबस्तुमा थप तीन जना संक्रमित भेटिएका छन् । १७, १८ र १८ वर्षका पुरुषमा संक्रमण देखिएको हो । उनीहरु बिहीबार भेटिएका दुई संक्रमितहरूसँगै वैशाख २४ गते लुकिछिपी नेपाल प्रवेश गरेको खुलेको छ ।
यस्तै शनिबार थपिएका एक संक्रमित वीरगञ्ज उपमहानगरपालिका-३ छपकैयाका ६३ वर्षीय पुरुष हुन् । उनी किराना पसल सञ्चालक हुन् । छपकैयामा एक परिवारका १८ जनामा संक्रमण भेटिएपछि कट्याक ट्रेसिङका क्रममा उनको पनि थ्रोट स्वाब संकलन गरिएको थियो ।







