विदेश । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का करिब २१ हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्यमन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसका २० हजार ९०३ नयाँ संक्रमित भेटिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख २५ हजार ५४४ पुगेको छ । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १८ हजार २ सय १३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ३ सय ७९ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म तीन लाख ७९ हजार ८९२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्