थपिए ५ संक्रमित

देश । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

झापामा ५ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् । ५ जनामा संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्