देश । कोरोना भाइरस (कोभिड १९) को कारण नेपाल गत चैत्र ११ गतेदेखि ‘लकडाउन’ छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सामाजिक दुरी कायम गर्न नेपाल सरकारले लकडाउन गरिरहेको छ । यो अवस्थालाई एक आपसमा मिलेर जित्नु पर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिनु भएको छ । ‘आउनुहोस्, फेरि एकपल्ट ५ वर्ष अगाडिको विनाशकारी भूकम्पको समयमा जस्तै धैर्यता र साहस प्रदर्शित गरौँ’, प्रधानमन्त्रीले भने।
आज मंगलवार राष्ट्रका नाममा गरेको सम्बोधनमार्फत् प्रधानमन्त्रीले यस्तो बताएका हुन् । कोभिड-१९ महामारीविरुद्ध देश लकडाउन गरिएको दुई सातापछि दोस्रोपटक राष्ट्रका नाममा गरिएको सम्बोधनमा प्रधानमन्त्रीले सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त नहुने उल्लेख गर्दै स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको बताए।
कमेन्ट गर्नुहोस्