बढ्दै छ ‘चिनियाँ उडान’ स्थगन गर्ने क्रम

12 Shares

देश । नोवल कोरोना भाइरसको प्रभावका कारण पर्यटकले टिकट रद्द गर्न क्रम वृद्धि भएपछि चीनका विभिन्न सहरबाट काठमाडौं उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले उडान स्थगन गर्ने क्रम बढेको छ । छेन्दुबाट काठमाडौं उडान भर्ने एयर चाइनाले आउने मंगलबारपछिका २४ वटा उडान स्थगन गरेको छ । उसले यात्रुहरुलाई टिकटको मिति सार्न वा भुक्तानी फिर्ता लिन सकिने भनेको छ ।

त्यस्तै ग्वाङजाउबाट काठमाडौं उडान भर्ने चाइना साउर्दनले माघ १९ देखि एक सातासम्मका उडान रद्द गरेको छ । चाइना साउर्दनले यो समयमा हुने १४ वटा उडान रद्द गर्दै नेपालको टिकट बिक्री गर्दै आएका स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीलाई यात्रुको अनुरोधमा टिकट सार्न वा रकम फिर्ता दिलाउन इमेल लेखेको छ । त्यस्तै, तिब्बत एयरलायन्सले माघ १८ पछिका उडान अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगन गरेको छ । हाल चिनियाँ ५ वटा चिनियाँ एयरलायन्सले चीनको ग्वाङजाउ, कुन्मिङ, छेन्दु र ल्हासाबाट दैनिक १४ वटा उडान गर्छन् ।

चीनका ५ वटा सहरमा उडान गर्दै आएको हिमालय एयरलायन्सले चैत १५ गतेसम्मका लागि चीनका गुयाङ, चाङ्सा र सेन्जेन गरी तीन सहरको उडान रद्द गरेको जनाएको छ । हिमायलले ट्राभल एजेन्सीलाई यात्रुहरुले चीनका लागि खरिद गरेका टिकट फिर्ता गर्न चाहेमा भुक्तानी दिन काठमाडौंका ट्राभल एजेन्सीलाई सूचना जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्