कानुन बने फेसबुकमा समाचार शेयर गर्न नमिल्ने !

विदेश । यतिबेला सामाजिक सञ्जाललाई प्रचारप्रसारको रुपमा पनि लिइएको छ । आफुलाई सार्वजनिक गर्न मन लागेको कुरा सामाजिक सञ्जाल मार्फत सजिलै सम्प्रेषण गर्न सकिन्छ । तर , अस्ट्रेलियामा भने केहि फरक हुने भएको छ । प्रयोगकर्ताले शेयर गर्ने विभिन्न समाचारहरु बापत सम्बन्धित सञ्चार माध्यमलाई शुल्क तिर्नुपर्ने कानुन अष्ट्रेलियामा प्रस्तावित गरिएको छ ।

यो कानुन प्रस्तावित भएसँगै फेसबुकले कडा प्रतिक्रिया दिएको छ । फेसबुकमा जो कोहीले शेयर गर्ने समाचारबापत सम्बन्धित मिडियालाई फेसबुकले पैसा तिर्नुपर्ने गरी अष्ट्रेलियाले नयाँ कानून निर्माणको तयारी गरेसँगै फेसबुक र गुगल त्यसविरुद्ध उभिएका छन् । त्यस्तो कानून बनेमा अष्ट्रेलियामा फेसबुक प्लाटफर्ममा समाचार शेयर गर्ने फिचर बन्द गर्ने चेतावनी फेसबुकले दिएको छ ।

गुगलले गत महिना नै प्रस्तावित उक्त कानुनको विरोध गर्दै यदि सो कानुन आएमा अष्ट्रेलियामा गुगल सर्चको सेवा नाटकीय रुपमा खस्किने चेतावनी प्रयोगकर्ताहरुलाई दिएको छ । यसरी गुगललाई पछ्याउँदै फेसबुकले पनि पछिल्लोपटक चेतावनी दिएसँगै अष्ट्रेलिया सरकार र दिग्गज प्रविधि कम्पनीहरुबीचको तनाव सतहमा आएको हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्