‘आईफा अवार्डलाई पैसा होइन , स्वीकृति दिएका हौँ’ मन्त्री बाँस्कोटा

फिल्म । पछिल्लो समय भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा अवार्ड)को २० औ संस्करण नेपालमा हुने चर्चाले विरोधको आवाज उठाएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ, जसको नेतृत्व नेपाल पर्यटन बोर्डले गर्नेछ भने काठमाडौं महानगरपालिका सहआयोजक रहने चर्चाछ । आईफा अवार्ड २०१९ नेपालमा आयोजना गर्ने कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ ।

उनीहरुका सहयोगी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सबै गर्दा ६–७ सयको हाराहारीमा विदेशी पाहुना सहभागी हुने अनुमान छ । यसमा नेपाल सरकारको तर्फबाट ४४ करोड सहयोग हुने खबर बाहिर आएसंगै यसको विरोध भईरहेको छ । फिल्मकर्मी मात्र नभई सर्वसाधारणले समेत सरकारले यस्तो गर्न नहुने आवाज सोसल मिडियाबाट उठाएका छन् । सुचना , सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल सरकारले उक्त अवार्डमा सुक्को बताए । चलचित्र विकास बोर्डको १९ औ वार्षिक उत्सवमा बोल्दै उनले बाहिरिएको खबर तथ्य हिन भएको बताए ।

‘एक अर्ब होइन , हामीले एक सुक्का दिने भनेका छैनौ’ उनले भने ‘हामीले स्वीकृति दिएका हौ , केहि मानेमा प्रोत्साहित पनि गछौ तर हामी लगानी गरेर आयोजक बन्दैनौ ।’ अवार्ड गर्ने अनुमति मागिएकोले स्वीकृति मात्र दिएको बताएका मन्त्री बाँस्कोटाले नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले अवार्डलाई सहयोग गर्ने कुरालाई नकार्न भने सकेनन् । यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले पनि अझै अवार्ड हुने टुङ्गो नलागेको बताए । ‘म आफै समितिको एक सदस्य हु र हल्ला भए जस्तो नेपाल सरकारले रकम दिने कहिँ कतै सुनेको छैन’ उनले भने ।

आईफा अवार्डको आयोजनाको लागि नेपाली सेनाको मूख्यालय अगाडिको फूटबल चौरलाई छनोट गरिएको समेत बुझिएको छ । कार्यक्रम आयोजनाका लागि आईफाले एउटा ‘डोम’ ल्याउनेछ, जसमा करिब पाँच हजार जना अटाउनेछन् । आईफा अवार्ड भारत बाहिर विभिन्न देशमा हुने गरेको छ । पहिलोपटक सन् २००० मा बेलायतमा आयोजना भएको थियो । त्यसपछि क्रमशः दक्षिण अफ्रिका, मलेसिया, दक्षिण अफ्रिका, सिंगापुर, नेदरल्याण्ड्स, यूएई, बेलायत, थाइल्याण्ड, मकाउ, श्रीलंका, क्यानडा, सिंगापुर, मकाउ, अमेरिका, मलेसिया, स्पेन र थाइल्याण्डमा आयोजना भएको थियो ।

कमेन्ट गर्नुहोस्