देश । सर्लाही स्थित बरहथवा नगरपालिका वडा नम्बर २ मा रहेको खेल मैदानमा आजबाट दोस्रो ‘शहिद सन्तविर कुश्वार गोल्ड कप २०७७’ सुरु भएको छ । सर्लाहीमा कम्निस्ट नेताको रुपमा उदाएका सन्तविरको निधन सशस्त्र द्वन्दको समयमा भएको थियो । बरहथवा नगरपालिका अन्तरगतको वडा नम्बर ३ मा रहेका उनले तत्कालिन समयमा दिएको योगदानको मुल्यांकन गर्दै स्थानीय सेभेन स्टार्स युथ क्लबले गत वर्ष देखि ‘शहिद सन्तवीर गोल्ड कप’ को आयोजना गर्दै आइरहेको छ ।
५५ हजार ५ सय ५५ पहिलो पुरस्कार रहेको गोल्डकपको उद्घाटन नगरपालिकाकी उप मेयर सितादेवी माँझीले गर्नुभयो । शहिद सन्तविरको श्रीमती माँझीले प्रमुख आथित्यता ग्रहण गर्दै मन्तव्य राख्ने क्रममा खेलाडीलाई धन्यवाद दिईन । ‘उहाँको योगदानलाई खेलकै माध्यम मार्फत भएपनि नयाँ पुस्ता समक्ष पुर्याउनु भएकोमा धन्यवाद’ उपमेयर माँझीले भनिन् ,’यस क्षेत्रमा पनि खेलमा लागेर भविष्य देख्नेलाई हामी केहि गर्नेछौँ ।’
उनिसँगै आयोजित उद्घाटन समारोहमा बरहथवा वडा नम्बर २ का अध्यक्ष यज्ञ बहादुर खड्का , इलाका प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक उद्दव सिंह भाट , नेपाली कांग्रेसका नेता श्याम कार्की , बरहथवा स्वाथ्य केन्द्रका जनस्वास्थ्य अधिकृत डाक्टर सत्य नारायण यादब , नेवि संघ नेता रघु कार्की लगायत स्थानिय जन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
मन्तव्यको क्रममा नेपाली कांग्रेस नेता श्याम कार्कीले खेलमा आपसी सद्भाव बढाउनेमा जोड दिए । ‘खेलले आपसी सम्बन्ध बढाउछ र खेलले क्षेत्रलाई चिनाउछ’ उनले भने ,’यस क्षेत्रले खेलकुदलाई अगाडी बढाउनु आवश्यक छ।’ यस्तै प्रहरी नायब उपरीक्षक भाटले युवाले खेलकुदमा जोड दिनु पर्ने बताए । ‘म रहेसम्म यहाँका युवालाई गलत बाटो र उदेश्यमा लाग्न नदिन पूर्ण रुपमा कोशिस गर्नेछु’ उनले भने ,’खेलकुदले आपसी सद्भावसँगै स्वास्थ्य जनशक्ति पनि तयार गर्छ ।’
कार्यक्रममा बोल्ने क्रममा नेविसंघ नेता रघु कार्कीले खेलाडीलाई अगाडी बढ्न स्थानीय तह सहयात्री हुनुपर्नेमा जोड दिए । ‘खेलमा प्रतिस्प्रधा भएपनि खेलाडीमा भाइचारा हुनु आवश्यक छ’ उनले भने ,’स्थानीय तहले योग्य खेलाडी उत्पादनमा जोड दिनु पर्छ ।’ उनले खेलाडीका लागि स्थानीय तह प्रतिबद्ध हुनुपर्नेमा जोड दिए । यस्तै वडा नम्बर २ का अध्यक्ष खड्काले आफुले स्थानीय खेल मैदान र वडाका खेलाडीलाइ प्रोत्साहित गर्ने बताए । पहिलो दिन आयोजक सेभेन स्टार्स युथ क्लब टिम बि र हिरापुर युवा क्लब बीच खेल भएको छ । जहाँ हिरापुर युवा क्लब ० का विरुद्ध ३ गोल गर्दै विजयी भयो । पहिलो पेनाल्टी पाउँदै १४ मिनेटमा ०-१ को अग्रता लिएको हिरापुरले ४८ र ६० मिनेटमा थप गोल गर्न सफल भएको थियो ।









