विदेश । कोरोना भाइरस (कोभिड १९) पछिल्लो समय विश्वमै महामारीको रुपमा फैलिएको छ । यसको संक्रमणलाई फैलिन नदिन विश्वका अधिकांस देशले लकडाउन गरिरहेका छन् । सामाजिक दुरी कायम गरेर यसको जोखिमलाई कम गर्न सक्ने भएकाले यस्तो गरिएको बताइएको छ । विश्वमै महामारीको रुप लिई सकेको कोरोना भाइरसको औषधि भने अझै निर्क्यौल भएको छैन ।
यसै बीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । ‘हामीलाई थाहा छ कोभिड १९ तीव्र रुपमा फैलिरहेको छ । हामीलाई थाहा छ यो २००८को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ’डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा भने । यसलाई रोक्न प्रभावकारी भ्याक्सिनको अनिवार्यतामा उनले जोड दिएका हुन् । (एजेन्सी)