प्रदीप र क्रिस्टिना बने प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’

देश । प्रदर्शनका निमित तयार फिल्म ‘प्रेम गीत ३’ जोडी अभिनेता प्रदीप खड्का र डेब्यू गर्ल कृष्टिना गुरुङ प्रभु बैंकको ‘ब्रान्ड एम्बास्डर’ मा नियुक्त भएका छन् । पछिल्लो समय बैंकिङ क्षेत्रमा अगाडी रहेको प्रभु बैंकले उनीहरुलाई एक वर्षको लागि ब्रान्ड एम्बास्डरमा नियुक्ति गरेको हो । बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले सोमबार प्रभु बैंकको मुख्य कार्यालय अनामनगरमा प्रदीप र क्रिस्टिनासँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

पछिल्लो समय युवापुस्ता माँझ क्रेज रहेका प्रदीप र उदाउदै गरेकी क्रिस्टिनासँग सहकार्य गर्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । कलाकारद्वय प्रदीप र क्रिस्टिनाले पनि देशको प्रतिष्ठित बैंकको ‘ब्रान्ड एम्बास्डर’ को जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरेका छन् । प्रभु बैंकको गतिविधिसँग अब यी कलाकार जोडिनेछन् ।

कमेन्ट गर्नुहोस्