विदेश । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र ८ सय ४८ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । भने , पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९ सय ७५ नयाँ संक्रमित फेला परेका हुन् ।
अहिले भारतमा ७ लाख ४ हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
कमेन्ट गर्नुहोस्








