विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १६ लाख ९४ हजार ९ सय ५४ पुगेको छ भने यसबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख २ हजार ६ सय ७ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार ३ लाख ७६ हजार १ सय २ जना निको भएका छन् ।
इटालीमा मृतक संख्या १८ हजार ८ सय ४९ पुगेको छ भने संयुक्त राज्य अमेरिकामा मृतक संख्या १८ हजार ६ सय ७९ पुगेको छ । यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार ५ सय ७७ पुगेको छ भने अमेरिकामा संक्रमितको संख्या ५ लाख २ हजार ५ सय १३ पुगेको छ ।
स्पेनमा मृतक संख्या १६ हजार ८१ पुगेको छ भने संक्रमितको संख्या १ लाख ५८ हजार २ सय ७३ पुगेको छ । फ्रान्समा मृतक संख्या १३ हजार १ सय ९७ पुगेको छ भने संक्रमितको संख्या ९० हजार ६ सय ७६ पुगेको छ । बेलायतमा मृतक संख्या ८ हजार ९ सय ५८ र संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ । यसैगरी जर्मनीमा मृतकको संख्या २ हजार ७ सय ७ रहेको छ भने यहा १ लाख २२ हजार २ सय १५ संक्रमित रहेका छन् ।
(एजेन्सी)









