राप्रपाको चियापान सम्पन्न

देश । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले काठमाडौंमा चियापान गरेको छ । चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु सहभागी भएका थिए ।

नेकपा नेता झलनाथ खनालले पृथ्वी जयन्ती विगतमा नमनाए पनि यसमा अब सुधार गर्नुपर्ने बताए । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउनुपर्ने बताए । चियापानमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका कुनै सदस्य पनि सहभागी भएनन् । मधेस केन्द्रित दलका नेताहरु पनि चियापानमा गएनन् ।

कमेन्ट गर्नुहोस्