थपिए ३ सय ११ संक्रमित

0 Shares

देश । मंगलबार नेपालमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । ५ हजार ३२ जनामा परीक्षण गर्दा ३११ जनामा संक्रमण भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय ३९ रहेको छ ।

गत २४ घन्टामा १२१ डिस्चार्ज भएका छन् । यो सँगै १३ हजार ८७५ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । अहिलेसम्म ७२.७ प्रतिशत निको भएर घर फर्किएका छन् । क्वारेन्टाइनमा १५ हजार ३३१ र आइसोलेसनमा ५ हजार १ सय २९ जना रहेको प्रवक्ता गौतमले बताए ।

कमेन्ट गर्नुहोस्