देश । दशैं भन्ना साथै नयाँ नोटलाई विशेषत बालबालिकाले सम्झिने गर्छन् । आफ्नो मान्यजनबाट टिका र आशिर्वादसँगै पाउने दक्षिणाले बालबालिका हर्सित हुने गर्छन् । यसैले पनि नेपाल राष्ट्र बैंकले दशैंको छेकोमा नयाँ नोट वितरण गर्ने गरेको छ । तर , कोरोना भाइरसले सिर्जना गरेको अवस्थाको कारण यो पटक दशैंका लागि नयाँ नोट वितरण गर्ने/नगर्ने कुनै निर्णय भइनसकेको राष्ट्र बैंकले बताएको छ ।
यसैगरी अर्को महिना मात्र यसबारे निर्णय हुने पनि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवति नेपालले बताए । राष्ट्र बैंकले दशैंका लागि भन्दै हरेक वर्ष नयाँ नोट वितरण गर्ने गरेको छ ।
कमेन्ट गर्नुहोस्












