रहेनन् थापा

देश । रेडियो नेपालका पूर्वउपनिर्देशक मधुसुदन थापाको निधन भएको छ । श्रीमती र दुई छोरा रहेका थापाले ३५ वर्ष ११ महिना ७ दिन रेडियो नेपालमा सेवा गरेपछि २०६७ साल कार्तिक १९ गतेदेखि उपनिर्देशक (प्राविधिकतर्फ) पदबाट अनिवार्य अवकाश पाएका थिए ।

ललितपुर महानगरपालिका–४ एकान्तकुनास्थित निवासमा शुक्रबार उनको निधन भएको हो ।

कमेन्ट गर्नुहोस्