चैत्र देखि असारसम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुने

14 Shares
फाइल तस्वीर

देश । दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि २०७६ असार १५ गतेसम्म दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जनाएका छन् । विमानस्थल विहान ८ बजे मात्रै सुचारु गरिनेछ । राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको समेत जनाइएको छ ।

Facebook Comments