कोरोना कोषमा सनराइज बैंकको सहयोग

0 Shares

देश । नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । शुक्रबार आयोजित एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई उक्त रकम सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको हो।

प्रदान गरिएको रकमले कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्नेमा बैंक विश्वस्त छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थितिमा हस्तान्तरण गरिएको उक्त रकमले नेपाललाई कोरोनासंग लडन मदत गर्ने बताउदै अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंक मार्फत प्राप्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताए । सनराइज बैंकले यस अघिपनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासंग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तैः पिपिई, मास्क, स्यानिटाइजर आदि प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्