‘संविधान पुर्नस्थापनाको लडाई पनि हो’

0 Shares

देश । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरुद्ध कांग्रेस डटेर लाग्ने बताए । सर्लाहीको लालबन्दी नगरपालिकामा कांग्रेसको नगर कमिटीद्वारा आयोजित विरोध सभालाइ सम्बोधन गर्दै पार्टी कार्यकर्तासँगै आम जनता संविधानको जगेर्नामा लाग्न अनुरोध गरे । नेपाली जनताको प्रतिनिधिले बनाएको संविधानले नै नदिएको अधिकार प्रयोग गरेको भन्दै उनले सच्चिन समय रहेको औल्याए । ‘यो संसद पुर्नस्थापना भन्दा पनि संविधान पुनर्स्थापनाको आन्दोलन हो’ उनले भने ,’नेपाली कांग्रेस संविधानको रक्षाका लागि डटेर लाग्छ , ढुक्क हुनुस् ।’

उनले अघिल्लो संसद विघटनहरु देशको हितका लागि नभएता पनि संविधान अनुरुप रहेको औल्याए । उनले मनमोहन अधिकारी , सुर्यबहादुर थापा , शेरबहादुर देउवाको संसद विघटनले देशलाई हिट नगरेता पनि संविधानमा उक्त समयमा प्रधानमन्त्रीको सिफारिसमा राजाले संदास विघटन गर्न पाउने अधिकार रहेकोले नै संविधानसभा मार्फत लेखिएको संविधानमा उक्त बुँदा हटाएको बताए । ‘संविधानसभाको बैठकमा संविधान लेख्दै गर्दा धारा ५३ को उपधारा ४ मा लेखिएको संविधानलाइ औल्याउदै विघटन सम्बन्धि अधिकार हटाएका हौँ’ थापाले भने ,’यो गलत नाजिर हो किनकी वैशाखमा चुनवा भयो असारमा अर्को प्रधानमन्त्रीले संसद विघटन नगर्ला ?’ उनले यो गलतनजिर भएकै नेपाली कांग्रेसले आन्दोलन गरिरहेको बताए ।

उनले संविधानको लडाईमा जनतालाइ पनि साथ् दिन आग्रह गरे । उनले कोभिड १९ को समस्या देशमा रहेको औल्याउदै स्वास्थ्यको कारण देखाउदै सिंहदरबार नपुगेका प्रधानमन्त्री ओलीको कार्यकर्ता भेला र नेपाल भ्रमणमा कटाक्ष प्रहार गरे । ‘प्रधानमन्त्री ज्यु सिंहदरबार पुग्दा कोरोना सर्न सक्छ तर देशभर घुम्दा उहाँ सुरक्षित हुनहुन्छ । नेपाली जनताको लागि खै त दौडधुप ? कार्यकर्ताको लागि देखाएको सक्रियता खै जनताको लागि देखाएको’ थापाले भने ।

उनले कोरोना भाइरसको भ्याक्सिन छिमेकी मुलुकमा लगाउने तयारी पूर्ण भइसक्दा पनि सरकार दाताको भरमा रहेको भन्दै आलोचना गरे । ‘कोरोना भाइरसको महामारी सुरु भयो , लकडाउन भयो तर बहुमत पाएर सरकार बनाएको नेकपा र प्रधानमन्त्री ज्यु आफ्नै पार्टीको आन्तरिक मामिलामा व्यस्त हुनुभयो’ उनले भने ,’जनताप्रतिको उत्तरदायीत्व यहिँ हो ?’

लालबन्दी नगर कमिटिद्वारा आयोजित कार्यक्रममा नगर सभापति प्रशान्त आचार्यसँगै नेपाली कांग्रेस जिल्ला सभापति नागेन्द्र राय , पुर्व जिल्ला सभापति लक्ष्मण राय , पुर्व जिल्ला उपसभापति विनोदकुमार खनाल , सर्लाही जिल्ला क्षेत्र नम्बर १ सांसद शम्भु लाल श्रेष्ठ , क्षेत्र नम्बर ४ का प्रदेश सांसद विरेन्द्र कुमार सिंह , क्षेत्र १ का सभापति प्रमोद बराल , महासमिति सदस्य विष्णुमणि घिमिरे , नेवि संघका केन्द्रीय सदस्य रघु कार्की , जिल्ला सभापति विश्वामित्र रिजाल , नेवि संघ क्षेत्र नम्बर १ सभापति कृष्ण कार्की लगायतका नेताहरुको उपस्थिति रहेको कार्यक्रमका सहजीकरण नेविसंघ नेता मनोज बख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्