देश । गत वर्षको एउटा कहालीलाग्दो घटना हो ‘निर्मला हत्या प्रकरण’ । तर त्यसको एक वर्ष वितिसक्दा पनि अझै उनले ने पाएकी छैनन् । कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो । नेपाल विद्यार्थी संघले ‘निर्मलालाई न्याय’ भन्दै राजधानीमा प्रदर्शन गरेको छ ।
नेविसंघले एक वर्षसम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै शुक्रबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका विधार्थीहरुले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा विरुद्ध नाराबाजी गरेका थिए । संघका पूर्व केन्द्रीय सदस्य रघु कार्कीको संयोजनमा भएको प्रदर्शनमा संघका पूर्व उपाध्यक्ष निलकण्ठ रिजाल, सागर परियार, नेताहरू जयराम लामिछाने, लक्ष्मण पन्थी, पुनम भट्ट, एलिजा ढकाल, सुप्रिया जोशी, पुनम लामा, केबिना कट्टेल, राजु सुनार, दिनेश भुर्तेलसहित नेता कार्यकर्ता सहभागी थिए ।
उनीहरूले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका थिए । ‘देश नै हल्लाउने त्यो घटना भए पनि सरकारले किन उनलाई न्याय दिलाउन सकेन्’ सदस्य कार्कीले भने ‘के उनलाई न्याय चाहिदैन , हत्यारालाईलाई संरक्षण होइन कारवाही गरियोस ।’ निर्मला हत्याको एक वर्ष भइसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुँदै आएको छ ।









