विदेश । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई आईसीयुबाट बाहिर निकालिएको छ । झन्डै दुइ साता अगाडी कोरोना भाइरस जाँच गर्दा रिपोर्ट पोजेटिभ आएसँग स्वास्थ्यमा समस्या देखिएपछी गत आइतबार प्रधानमन्त्री जोनसनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछी स्वास्थ्य अवस्था स्थिर नभएपछी उनलाई आईसीयुमा सारिएको थियो ।
स्वास्थ्यमा सुधार भएसँगै आईसीयुबाट बाहिर वार्डमा सारिए पनि उनलाई केहि दिन अस्पतालमै राखिनेछ । उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। वार्डमा सारिएको उनलाई चिकित्सकहरूले निकट रहेर निगरानी गर्ने बीबीसीले जनाएको छ । प्रधानमन्त्री जोनसन लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् । (एजेन्सी)
कमेन्ट गर्नुहोस्