टप १२ सम्म मात्र नेपालको यात्रा

विदेश । मिस वर्ल्ड २०१९ छनोटको लागी यतिबेला लण्डनमा कार्यक्रम चलिरहेको छ । अन्तिम १२ मा पर्न सफल भएकी नेपाल सुन्दरी अनुष्का श्रेष्ठ ‘टप ५’ मा पर्न असफल हुँदै प्रतियोगिताबाट बाहिरिएकी छिन् ।

अब अन्तिम ५ बाटै २०१९ ले विश्व सुन्दरी पाउनेछ । बिहिबार मात्रै अनुष्काले मल्टिमिडिया अवार्ड जितेकी थिइन् । अन्तिम ५ मा मिस वर्ल्ड २०१९ को ताज जित्नको लागी भारत, जमैका, फ्रान्स, नाइजेरिया र ब्राजिलका सुन्दरीहरु प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्