देश । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि हटेको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको थियो । कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा पछिल्लो समय अधिकांस जिल्ला निषेधाज्ञामा रहदा गोर्खामा भने होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हलबाहेकका अन्य पसल सञ्चालन गर्न पाइने गरि खुल्ला गरिएको हो ।
निषेधाज्ञा हटेसँगै जिल्लामा निजी सवारीसाधन चलिरहेका छन् । मान्छे सतर्कताका साथ आफ्नो काममा निस्किएका छन् । निजी सवारीसाधन संचालनमा आएता पनि सार्वजनिक भने चलाउन पाउने छैन । जिल्लामा रहेका सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था खुला भएता पनि अति भिडभाड हुने जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयको अत्यावश्यक सेवाबाहेकका अन्य सेवा निश्चित दिनमा दिने गरी तालिका बनाइएको छ । यस्तै ,जिल्ला भित्रने नाकामा भने कडाइ गरिएको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।









