फिल्म । प्रदेशको नाम र राजधानी पाएसँगै प्रदेश दुईमा सार्वजनिक बिदा दिइएको छ । सोमबार बसेको प्रदेश सभा बैठकबाट प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुरधाम घोषणा भएसँगै प्रदेशमा बिदा दिइएको हो । मंगलवार विदा मनाइरहेका प्रदेशका वासिन्दा पाएको नाम र राजधानीका कारण दंग छन् । विशेषत जनकपुरवासी हर्षित छन् ।
प्रदेश सभामा नाम र राजधानीको विषयमा सोमबार भएको निर्वाचनमा दुई तिहाई भन्दा बढी मतले पारित भएको हो । प्रदेश सभामा सभामुखसहित १ सय ४ जना सांसद भए पनि मतदान प्रक्रियामा ९९ जना सांसदले मात्रै भाग लिएका थिए । प्रदेशको नामा ‘मधेश’ प्रदेशको विषयमा भएको मतदानमा खसेका ९९ मत मध्ये ८० मत पक्षमा परेको छ । त्यसैगरि, प्रदेशको स्थायी राजधानी जनकपुरधामको विषयमा भएको मतदानमा खसेको ९९ मत मध्ये ७८ मत पक्षमा परेको छ ।
कमेन्ट गर्नुहोस्








