अमेरिकामा कोरोना : १९ राज्यमा २२८ संक्रमित

Symbolic Picture

विदेश । कोरोना भाइरसका संक्रमण बढेसँगै आयोजित कार्यक्रमहरु स्थगित हुने क्रम बढ्दो छ । विश्वमै फैलिरहेको कोरोना भाइरसका संक्रमण अमेरिका, इटाली र इरानलगायत ६० भन्दा बढी देशमा फैलिएसकेको छ । यसैले गर्दा पनि विश्वमै यसको प्रभाव परेको छ । कोरोना भाइरसले गर्दासंयुक्त राज्य अमेरिकामा १४ जनाको मृत्यु भइसकेको छ भने २२८ जना संक्रमित भएका छन् ।

अमेरिकी रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार ४९ जना विदेशबाट ल्याइएकाहरुमा संक्रमण भएको जनाइएको छ । जसमा तीनजना चीनको वुहानबाट ल्याइएका हुन् भने ४६ जना जापानको प्रिन्सेस डाइमण्ड क्रुजबाट उद्धार गरिएका हुन् । १७९ जना भने अमेरिकामै रहेकाहरु संक्रमित भएको बताइएको छ । संक्रमितमध्ये एरिजोनामा दुई जना, क्यालिफोर्नियामा एकजनाको मृत्यु ४९ संक्रमित, कोलोराडोमा दुई जना, फ्लोरिडामा चारजना, जर्जियामा दुईजना, इलियोनिसमा पाँच जना, म्यारिल्यान्डमा तीनजना, म्यासाचुसेट्‌समा तीनजना, नेभाडामा एकजना, न्यु ह्यामसायरमा दुईजना, न्यु जर्सीमा दुईजना, न्युयोर्कमा २२ जना, उत्तरी क्यालीफोर्नियामा एकजना, ओरेगनमा तीनजना, रोडे टापुमा दुईजना, टेनिसेमा एकजना, टेक्सासमा चारजना, वाशिङ्टनमा ७० जना र विस्कनसिनमा एकजना संक्रमित भएका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्