पन्जाब लगातार तेस्रो पटक विजयी

विदेश । जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मंगलवार भएको खेलमा किंग्स इलाभेन पन्जाबले लगातार तेस्रो जित हासिल गरेको छ । पन्जाबले पछिल्लो खेलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको छ । टस जित्दै ब्याटिङ रोजेको दिल्लीले खेलमा १ सय ६५ रनको लक्ष्य पन्जाबलाई दिएको थियो । पन्जाबले उक्त टार्गेट एक ओभर बाँकी रहँदा हासिल गर्यो । पन्जाबको टप स्कोरर निकोलस पुरनले ५३ रन योगदान गरे ।

दिल्लीका शिखर धवनको शतक खेर गयो । दिल्लीका लागि धवनले नटआउट १ सय ६ रन बनाएका थिए । त्यसैले उनलाई म्यान अफ द म्याच चुनियो ।आईपीएलको जारी १३ औं संस्करणमा पन्जाबको यो चौथो जित हो । दिल्लीले भने तेस्रो पटक हार व्यहोर्नुपर्यो । जितसँगै पन्जाब अंक तालिकाको पाँचौ स्थानमा पुगेको छ ।

कमेन्ट गर्नुहोस्