देश । नोवेल कोरोना भाइरसको कारण सम्पूर्ण विश्वमा नै त्रास फैलिएको अवस्थामा काठमाण्डौको तिलगङ्गा स्थित एक होटलले कोरोनावाट बच्न सरसफाई कार्यक्रम संचालन गरेको छ । फागुन २३ गते शुक्रवार र्याली आयोजना गर्दै होटल ‘आनन्द पशुपति’ टिमले उक्त क्षेत्र वरपर सरसफाईका साथ साथै हरियाली कायम गर्न वृक्षरोपन गरेको छ । आगामी नयाँ बर्षबाट संचालनको तयारीमा रहेको यस होटलले यो संगसंगै विभिन्न सामाजिक जागरणका कार्यक्रम समेत सन्चालन गर्दै जाने तयारी रहेको छ ।
नेपालभर नै हस्पिटालिटी क्षेत्रमा काम गर्ने उद्येश्य बोकेको पिकको यो होटल संचालन प्रयास एक फरक प्रयोग हो । मुख्य तया भारतीय तिर्थालुलाई लक्षित गरेर संचालन गर्न लागिको होटलले पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव छोड्ने छ । करिव ८० कोठा उपलब्ध हुने होटलमा नर्मल देखि स्विट्ससम्मको व्यवस्था गरिने छ ।
रोजगार सिर्जना गर्दै समुदायसंग मिलेर स्वावलम्बनका कामहरु समेत गर्दै लगिने तयारी समेत रहेको पीकका संचालक विवेक विष्टले बताए । पहिलो कार्यक्रमको रुपमा वाग्मती किनार सफा गरेको टिमले बिस्तारै जनचेतना मुलक कार्यक्रम संचालन गर्ने तथा सामाजिक काम गर्ने तयारी गरिरहेको छ ।












