देश । पछिल्लो समय कोरोना भाइरसको त्रास विश्वमै छ । विश्वकै नागरिकले यतिबेला कोरोना भाइरस लाग्ने डरमा आफुलाई राखेका छन् । सावधानी पनि अपनाएका छन् । तर , यसको औषधि पत्ता नलागेकै कारण यसको त्रास बढ्दो छ । नेपालमा एक जनामा कोरोना भाइरस देखिएर ठिक भएको भनिएको छ । यद्दपी त्रास बढ्दो नै छ ।
यसै बीच कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले शुक्रबारबाट ‘कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ । कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको रोग नियन्त्रण महाशाखाका निर्देशक वासुदेव पाण्डेले जनाएका छन् । कसैलाई कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १११५ नम्बरमा कल गर्न सक्ने समेत उनले बताए ।
कल सेन्टरलाई २४ सैं घन्टा सञ्चालनमा रहने छ । कल सेन्टरमा रहेका ६ कर्मचारीले सोधिएको प्रश्नको उत्तर दिनेछन । अब कसैले आफूलाई औषधी र अस्पतालबारे जानकारी लिन चाहे कल सेन्टरबाट लिन सक्नेछ।








