ओलीले भने ‘मालाई अनभिज्ञ राखियो’

1 Shares

देश । केहि समय यता केपी शर्मा ओली नेतृत्वको सरकार विभिन्न विवादमा पर्दै आएको छ । गुठी विधेयक , आईफा अवार्ड लगायतमा जनता समक्ष नै विवादित बनेको सरकार पछिल्लो समय भारतबाट आयात गरिने तरकारीमा विषादी परिक्षण नगर्ने निर्णयले विवादमा तानिएको हो । जनस्तरबाट यसको धेरै नै विरोध भइरहेको छ । तर ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् ।

भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ रहेको छ । ‘मलाई पछि मात्र थाहा भयो र त्यससम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ’ उनले भने ‘त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो ।’ नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले यस विषयमा बोलेका हुन् ।

राजपत्रमा सूचना प्रकाशित गरी सरकारले खासगरी भारतबाट आयातीत तरकारी र फलफूलको विषादी परीक्षण गरेर मात्र नेपाल भित्राउन सुरु गरेको थियो । सोही निर्णयअनुसार कृषि मन्त्रालयले नाकामा कडाइ ग‍रेपछि भारतले पत्र पठाएरै र कर्मचारीहरुलाई भेटेर विषादी परीक्षण नगर्न दबाव दिएको थियो ।

Facebook Comments