विदेश । एस बि ऐजुकेसनका सरोज भट्टराई आफैं पनि बिध्यार्थीकै रूपमा अष्ट्रेलिया पुगेका थिए । यसैले गर्दा उनले पछिल्लो समय सिर्जित अवस्थामा विद्यार्थीका सहयोगी बनेका छन् । यसै बिच उनले एस बि ऐजुकेसन मार्फत गाह्रो साह्रोमा परेका बिध्यार्थीहरूका लागि राहतको प्याकेज प्रस्तुत गरेका छन -‘ अहिले यसो गर्छु र उसो गर्छु भनेर भाषण होइन राशनको ब्यबस्था गर्नु पर्छ । केही संघ सस्था, ब्यक्ति र ऐजुकेसन कन्सल्टेन्सीहरूले गर्दै आएको सहयोगलाई सरोज सकारात्मक नै मान्छन । सरोजले आफ्ना कन्सल्टेन्सी मार्फत अध्यनका लागि अष्ट्रेलिया आएका बिध्यार्थीहरूलाई तिन महिनाको अबधिमा एक जनालाई १२० देखी १६० डलरसम्मको सहयोग गरेर उदाहरण प्रस्तुत गरेका छन ।
नया विद्यार्थीहरुका निम्ती सस्तोमा बस्ने ब्यबस्था गर्न लामो समयदेखी लागि पर्दै आएका उनले लगभग १०० जना बिध्वार्थीहरूलाई १२० देखी १६० सम्म उनिहरू बस्दै आएको कोठाको भाडामा छुटको ब्यबस्था मिलाई दिएका हुन । उनले यो सहयोग बिध्यार्थीहरूलाई तिन महिनाभित्रको अबधिमा गरेका हुन । भाडा तिर्न गाह्रो र अफ्टेरो भएको अबस्थामा एस बि ऐजुकेशनले गरेको यस्तो सहयोगप्रति बिध्वार्थीहरूले प्रसन्नता ब्यक्त गरेका छन ।
एस बि एजुकेसनका सन्चालक सरोज भन्छन -‘ मैले मात्र होइन, मैले जस्तै आफ्नो कन्सल्टेन्सीबाट अष्ट्रेलिया पढ्न आएका नेपाली बिध्यार्थीहरूका निम्ती अरूले पनि दुई हप्ताको भाडा सहयोग गर्न सकेमा बिध्यार्थीहरूलाई ठूलो राहत पुग्ने थियो -‘ । एस बि ऐजुकेशनले आफ्नो कन्सल्टेन्सीबाट यस अघि आएका र अब आउने बिध्यार्थीहरूलाई दुई हप्ताको भाडा आफ्नो तर्फबाट निःशुल्क सहयोग गर्दै जाने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ। एस बि ऐजुकेशनले तीन महिना सयौं बिध्यार्थीहरूको भाडा घटाएर उनिहरूको महिनाको ४० देखी ५० डलर बचाई दिएका छन । यतीमात्र होइन कि कति बिध्यार्थीहरूलाई त एक वा दुई हप्ता भाडा नै नलिई लामो समयदेखी एस बि ऐजुकेसनका सन्चालक सरोज भट्टराईले सहयोग र साथ दिंदै आएका छन ।












