विदेश । सन् २०१५, २०१७ र २०१८ विजेता ट्रिनबागो नाइट राइडर्सले अपराजित रहँदै यसपटक क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० क्रिकेटको उपाधि जितेको छ । बिहीबार ट्रिनिडाड एण्ड टोबागोमा भएको फाइनलमा ट्रिनबागोले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले सहजै पराजित गर्दै चौथो पटक विजेता बनेको हो । ट्रिनबागोले लिग चरणदेखि फाइनलसम्म खेलेको १२ वटै खेल जित्दै प्रतियोगता सकाएको हो ।
ट्रिनबागोका ब्याटम्यान सिमोन्स फाइनल खेलको म्यान अफ दि म्याच भए । यस्तै ट्रिनबागोलई अपराजित बनाउँदै उपाधि जिताउन नेतृत्व गरेका पोलार्ड म्यान अफ दि सिरिज घोषित भए । उनले लिगभर ११ खेल खेल्दै २०७ रन बनाए भने बलिङमा ८ विकेट लिए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्









