अस्ट्रेलियामा अनिल , नितेश र भी-टेनले बनाए ‘रेकर्ड’

जयहोस् । यतिबेला आफ्नो सांगीतिक टुरमा अस्ट्रेलियामा रहेका गायक अनिल सिंह दंग छन् । किनकी व्यस्त देशमा पर्ने अस्ट्रेलियाको विभिन्न सहरमा भएको कन्सर्टमा उनलाई सफलता मिलिरहेको छ । आयोजना गरिएका हरेक शो ‘सोल्ड आउट’ भएका छन् । ‘यसपालीको दसैंमा म्युजिकल टुर २०१८’ नाम दिइएको सांगीतिक टुरमा अनिलसँगै भी-टेन र नितेश जंग कुँवर पनि सहभागी छन् । पछिल्लो समय युट्युबमा रुचाइएका भी-टेन र नितेशसँगै रकस्टारको टाइटल पाएका अनिलको प्रस्तुतिकै कारण दर्शक भरिभराउ छन् । हैट क्रिएसनको प्रस्तुतिमा सहि हो इभेन्टको आयोजना रहेको शो सिड्नी , मेलबर्न , क्यानबेरा , तास्मानिया , एडिलेट , ब्रिसबेन र टोवुम्बामा सोल्ड आउट भएको हो ।अस्ट्रेलियामा सफलताको रेकर्ड नै राख्न सफल यस शो मा सहभागी अनिलले दर्शकलाई धन्यवाद दिए । ‘हामीलाई जसरि माया प्राप्त भएको छ , यसको आभारी छौ’ अनिलले भने ‘यस मायाले आगामी दिनमा अझै राम्रो गर्ने हौसला मिलेको छ ।’ उनले आफ्नो गीत मार्फत स्थानीय दर्शकलाई नचाएका थिए । साथै उनले यस कसिमको शो ले नेपाली गीतल़िया प्रवर्धन समेत गरिरहेको बताए । ‘हामीले गर्ने कन्सर्टमा नेपालीसँगै केहि स्थानीय (देशको) दर्शक पनि आउनु हुन्छ , उहाहरु नाच्नु हुन्छ यसले हाम्रो गीतसंगीतलाई प्रवर्धन गरिरहेको हुन्छ किनकी अहिले युट्युबमा सबै संगीत पाइन्छ ।’ अघिल्ला कन्सर्टको लागि समेत अस्ट्रेलिया पुगिसकेका अनिल यसपटक पाएको मायाले दंग छ ।
कमेन्ट गर्नुहोस्