गीतकार चौधरीलाई हृदयघात

देश । गीतकार तथा व्यवसायी वसन्त चौधरीलाई हृदयघात भएको छ । थापाथलिस्थित नर्भिक अस्पतालका सञ्चालक चौधरीलाई स्वास्थ्य जाँचका लागि दुबई पुगेका बेला त्यहिँ हृदयघात भएको हो । उनको दुबईस्थित एक अमेरिकी अस्पतालमा मुटुको शल्यक्रिया गर्ने तयारी गरिएको स्रोतले बताएको छ।

मुटुमा समस्या देखिएपछि थप जाँचका लागि तीन दिनअघि दुबई लगिएका चौधरीलाई हृदयघात भएपछि चिकित्सकहरूले तत्काल ओपन हार्ट सर्जरी गर्ने तयारी गरिरहेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्