‘नेपालको पनि बेच्न सकिन्छ’ मन्त्रि बीना मगर

7 Shares

देश । खानेपानी तथा सरसफाई मन्त्री बीना मगरले नेपालको खानेपानी विदेशमा लगेर बेच्न सकिनेमा आफू अब ढुक्क भएको बताएकी छन् । उनले शुक्रबार नेपालको पानी विदेशमा लगेर बेच्न सकिने विषयमा मन्त्रालयमा आयोजित छलफल कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो प्रतिक्रिया बताएकी हुन् ।आफू मन्त्री हुँदादेखि नै यो विषय उठान गर्दै आए पनि सकिन्छ कि सकिन्न भन्ने विषयमा आफैं अन्योलमा रहेको बताउँदै मन्त्री मगरले छलफल पछि भने आफू ढुक्क भएको बताइन् ।

‘मैले धेरै अगाडी सोचेको र तय गरेको विषय भएता पनि म अन्योलमा थिए’, छलफलमा कार्यक्रममा उनले भनिन्, ‘ छलफल पछि म उत्साहित भएको छु, पानी बेच्न सकिनेमा ढुक्क भए ।’ उनले भारत, बंगलादेशसहित खाडी मुलुकहरुमा खानेपानी बेचेर आम्दानी गर्न सकिने बताइन् ।

यस अघि कतारका राजदूतसँग पनि यस विषयमा छलफल भइसकेको जानकारी दिदै उनले कतार सकारात्मक देखिएको र अन्य देशहरुमा कसरी बेचन सकिन्छ भनेर अध्ययन गरिने बताइन् ।साथै उनले नेपालमा भएका प्राकृतिक जडिबुटीहरु अन्य देशमा नभएको भन्दै यार्सा गुम्बा, सगरमाथा लगायतको ब्राण्ड बनाएर बेच्न सकिने बताइन् । छलफलमा विभिन्न मन्त्रालयका प्रतिनिधि, पानी व्यवसायीहरु तथा खानेपानी सम्बन्धी विज्ञहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया