कोलम्बियामाथि ब्राजिलको जित

खेलकुद । विहिबार भएको कोपा अमेरिका अन्तर्गतको खेलको अन्तिम समयमा स्टार मिडफिल्डर कासिमेरोले गोल गरेपछि कोपा अमेरिकामा साविक विजेता ब्राजिलले कोलम्बियामाथि २–१ गोलअन्तरको रोमाञ्चक जित निकालेको छ । बराबरीतर्फ उत्मुख खेलको अन्त्यतिर नेइमारको कर्नरमा प्रहारमा कासिमेरोले पोष्ट जनिकैबाट हेड गोल गरेपछि कोलम्बियाको हार निश्चित भएको हो । ब्राजिलले भने शतप्रतिशत जितयात्रा कायम राखेको छ । उसले यसअघि इक्वेडर र पेरुलाई पराजित गरेको थियो ।

घरेलु मैदानमा ब्राजिल सुरुआतमै पछि परेको थियो । अघिल्ला २ खेलमा सन्तुलित प्रदर्शन गरेको ब्राजिलले कोलम्बिया अपेक्षाभन्दा कमजोर प्रदर्शन गरेको थियो । कोलम्बियाका लागि एल डियासले दशौं मिनेटमा गोल गरे । उनले कुएडार्डोले दिएको क्रसमा उनले गोल गरेका थिए । घरेलु टिम ब्राजिलले बराबरी गोल फर्काउन ७८ मिनेटसम्म कुर्नु पर्‍यो। ब्राजिलका लागि ७८ मिनेटमा फिर्मिनोले रेनान लोडीको क्रसमा गोल गरेका थिए।

ब्राजिलले दोस्रो हाफको इन्जुरी टाइमको दशौं मिनेटमा दोस्रो गोल गर्दै रोमाञ्चक जित दर्ता गरायो। ब्राजिलका लागि कासेमिरोले गोल गरे। नेइमारले उपलब्ध गराएको पासमा उनले गोल गरेका हुन्। समूह बी मा रहेको ब्राजिलले तीन खेलबाट ९ अंक बनाएको छ र शीर्ष स्थानमा यथावत छ । कोलम्वियाका लागि भने समूह चरणको खेल सकिएको छ । उसले ४ खेलबाट ४ अंक बनाएको छ । दुवै टोली क्वाटरफाइनलमा छनोट भइसकेका छन् ।

कोपा अमेरिकामा १० टोलीलाई २ समूहमा बाँडेर खेलाइएको छ । हरेक समूहबाट शीर्ष चार टोलीले क्वाटरफाइनल खेल्नेछन् । यसअघि आज विहान नै भएको अर्को खेलमा यही समूहबाट इक्वेडर र पेरुले २–२ गोलको बराबरी खल्दै अंक बाँडेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्