२ सय ५९ जना संक्रमित थपिए

देश । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ सय ५९ जना संक्रमित थपिएका छन् । याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेकाे छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा यसको पुष्टि गरेका हुन् । यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

कमेन्ट गर्नुहोस्