म्यान्चेस्टर सिटीको सल्लाहकारमा गुरुङ

विदेश । नेपालीको लागि संयुक्त राज्य अमेरिका पहिलो प्राथमिकतामा छ । त्यहाँ पुग्ने र आफ्नो लाइफलाई ब्यबस्थित गर्ने सपना बोक्ने नेपालीको कमि छैन । तर केहि नेपाली छन् , जसले अमेरिकामा पुगेर त्यहाँको नीति निर्माणमा सघाई रहेका छन् । अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् । सिर्टीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङ सल्लाहकारमा नियुक्त भएका हुन ।

उनले नगरको प्रशासकीय अधिकृत सिटी क्लार्कबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन् । नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह दिनेछन् । उनको पदावधी १ जनवरी २०२२ सम्म रहनेछ । युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागूऔषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । इलाममा जन्मिएका गुरुङ पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्