हेटौडामा एक महिलालाई कोरोना भाइरस

22 Shares

देश । पछिल्लो समय समुदायस्तरमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिने क्रम बढ्दो छ । यसैबीच मकवानपुरमा हेटौडा उपमहानगरपालिका १ चौकी टोलकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण भएको छ । गत जेठ ९ गते चितवनबाट हेटौडा आएकी थिइन् । उनी आफ्नो श्रीमानसँग चितवनमा बस्दै आएकी थिइन् ।

हेटौडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै हेटौडामा २ संक्रमित भएका छन् । हेटौंडा ४ बस्ने एक महिलामा केहि दिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो । उनको काठमाडौंमा उपचार भइरहेको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ सय ९१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्