‘मुस्कानको अपराधी फाँसी दिन लायक छन्’

देश । एसिड पिडित बालिका मुस्कान खातुनको सहयोगार्थ सोमबार फिल्म ‘बुद्ध वर्न इन नेपाल’को विशेष शो हेर्न आइपुगेका नेकपा नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले सहयोगको प्रतिबद्धता जाहेर गरेका छन् । ‘लाइन्स क्लब अफ काठमाण्डौ’ले मुस्कानलाई सहयोग गर्ने उद्देश्यले उक्त शोको आयोजना गरेको थियो । जहाँ नेपालले यस्ता घटनाले मर्माहत बनाएको भन्दै दोषीलाई हदैसम्मको कारवाही गर्नु पर्नेमा जोड दिए । ‘यस सिकिमको अमानवीय कार्य गर्नेलाई कडा भन्दा कडा कारवाही गर्नु पर्छ ताकी अरूले यसबाट पाठ सिकुन’ उनले भने ,’मुस्कानका अपराधीहरु फाँसी दिन लाएक छन् ।’

उनले यसकिसिमका अपराधीहरु सुधार्ने भन्दा पनि कडा भन्दा कडा कारवाही गर्नु पर्नेमा जोड दिए । ‘यिनीहरु सुध्रिन्छ भनेर कुर्नु बेकार छ , कडा भन्दा कडा कारवाही गरेर अमानवीय भावनालाई हटाउनु पर्छ’ उनले भने । यस्ता प्रविती अन्त्य हुनु पर्ने भन्दै मुस्कान झैँ अरुले पिडा खेप्नु अगाडी नै उदाहरनिय कारवाही गर्नु पर्ने नेता नेपालको भनाइ रहेको थियो । साथै , उनले उपचारमा पहल गर्ने समेत बताए । ‘मैले यस्ता अन्य पिडितलाई पनि पहल गरेको छु र यसमा पनि सकेको गर्छु’ नेता नेपालले भने । उनले नेपाल सरकार र संघ संस्थाले सहयोगी भावलाई देखाउने समय आएको समेत बताए । उनले मुस्कानको उपचार र शिक्षाका निमित पहल गर्ने प्रतिबद्धता समेत जाहेर गरे । संगै रहेकी मुस्कानले आफु जस्तै पिडित अरु कोहि बन्नु नपरोस् भन्दै कडा भन्दा कडा कारवाही गर्नु पर्ने मांग गरिन् ।

कमेन्ट गर्नुहोस्