‘हल्लाको पछाडी नलाग्नुहोस्’

फिल्म । केहि समय यता ‘धुपौरे’ चर्चामा छ । किनकी फिल्मलाई साम्तेन भुटियाले निर्देशन गर्दैछन् भने यसमा लिड रोलमा छन् अनमोल केसी । अनमोल पछिल्लो समयको पपुलर कलाकार हुन्, जसलाई हेर्न दर्शक हलसम्म आउने गर्छन । यिनै अनमोलले नयाँ फिल्ममा झनै च्यालेन्ज लिएका छन् । डार्क एक्सन-लभस्टोरी जनरामा निर्माण हुने फिल्ममा जयन श्रेष्ठ निर्माता रहेका छन् भने रुपेन्द्र खड्गी प्रस्तुतकर्ता ।

जेएस इन्टरटेनमेन्ट र फिल्म नेपालको संयुक्त व्यानरमा फिल्म निर्माण हुनेछ । अनमोल पछिल्लो समय यसै फिल्मको वर्कशपमा व्यस्त छन् । उनको मेहनत देखेर साम्तेन झनै दंग छन् । ‘अनमोल गरेको मेहनत प्रसंसनिय छ , उसको मेहनतले झनै हामीलाई उत्साहित बनाएको छ’ साम्तेनले भने ,’आउँदो मङ्सिर २० बाट हामी छायाँकनको लागि मोफसल जानेछौ ।’

फिल्मको वितरकमा उपत्यकाको लागि करण श्रेष्ठको रिच इन्टरटेनमेन्ट र मोफसलको लागि एफडी कम्पनि फाइनल भएता पनि डेट भने फाइनल नभएको बताइएको छ । साम्तेनले पनि अहिले नै डेट सम्झौता नभएको बताए । ‘हामीले वितरक फाइनल गर्यौ र डेटमा छलफल गर्दैछौ तर डेट भने फाइनल भएको छैन’ समातेन भन्छन् ,’हामीले डेट तय गरेका छैनौ तर केहि मिडियाले भने डेट पनि तय गरिसकेका छन् , खै कहाँबाट किन हल्ला धेरै भइरहेको छ ।’ उनले त्यसरी न्युज आउँदा आफुसँग कसैले सोधपुछ नगरेको पनि बताए ।

‘हाम्रो फिल्म र हामीसँग जोडिएर विभिन्न न्युज आउछन् , हामीलाई एक पटक पनि सोध्नु हुदैन’ साम्तेनले हल्लाको पछी नलागी यथार्थ बुझ्न आग्रह गरे । उनले पछिल्लो समय आफ्नो टिमले कथा सुहाउँदो नायिकाको खोजि गरिरहेको समेत प्रस्ट्याए । ‘हामीले नयाँ अनुहार नै लिन्छौ र जोसँग प्रतिभा छ उँहा अडिसन मार्फत छानिनु हुनेछ’ साम्तेनले भने । उनले अनमोल निकै मेहनती रहेको र उनका पिता तथा कलाकार भुवन केसी पनि निकै सहयोगी रहेको बताए । ‘हामीलाई भुवन दाइले निकै सहयोग गर्नु भएको छ’ उनले भने ,’उहाको फिल्मको स्क्रिप्टमा केहि समय लाग्ने भएपछी धुपौरेलाई अगाडी बढाएका हौ ।’

धुपौरे भन्नाले केहीको पछि लाग्ने वा काम बनाउन नसकेको , दाउ छोप्ने जस्तो बुझिन्छ । फरक धारका फिल्म बनाउने निर्देशकको रुपमा चिनिएका साम्तेनको नयाँ फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गते प्रदर्शनमा आउँदैछ । त्यसपछि ‘धुपौरे’ फ्लोरमा जानेछ ।

कमेन्ट गर्नुहोस्