चङ्गा चेटको आइडिया : उनि कहाँ यो स्क्रिप्ट लुट २ कै समयमा आइपुगेको थियो । तर त्यससमयमा उनले कमेडी भन्दा पनि सोसलड्रामा र लभ स्टोरी फिल्मलाई प्राथमिकतामा राखे । तर पछिल्लो समय कमेडी फिल्मको मार्केट बढ्दै गएपछी लेखक प्रदीप भारद्वाजलाई बोलाएर फिल्म निर्माण गर्ने सोच बनाए । ‘फिल्मको कथा पहिला देखि नै थियो तर म अन्य प्रोजेक्टमा व्यस्त भएकोले यसलाई अगाडी बढाउन सकेको थिइन् , सायद यो प्रोजेक्ट अलि अगाडी नै ल्याउनु पर्थ्यो होला तर यतिबेला पनि समसामयिक नै छ’निर्माता वाग्ले फिल्मको कथा देशकै समस्या रहेको बताउछन् ।
प्रविधिले गर्दा नक्कली नोट : निर्माता वाग्लेकै निर्माणमा तयार भएको फिल्म लुट र लुट २ मा नोटको प्रयोग भएका छन् । लुट फिल्म नै बैंक रोबरीको कथामा आधारित छ । तर उनि पछिल्लो समय प्रविधिले गर्दा पनि मेकिङमा ध्यान दिनु परेकोले डुब्लिकेट नोट प्रयोग गरेको बताउछन् । ‘लुटको समयले हामीले कागज माथि पैसा राखेर चिट गरेका थियौ तर प्रविधिको विकाससँगै मेकरले मेकिङ बढाउनु पर्ने दायित्व पनि छ , मेरो कथामा डिमाण्ड आएपछि मैले यसलाई प्रोप्सको रुपमा प्रयोग गरेको हु’ निर्माता वाग्लेले पुलिस प्रशासनले तानाशाह रुपमा आफु माथि मुद्दा लगाएको बताए । उनले प्रमोसनको लागि पुलिस प्रसाशनले आफुलाई दोषी ठहर गरेको बताए ।
पहिलो केस भएकोले यसकिसिमको दुख पाएको उनले बताए । ‘अन्य फिल्म उद्द्योगमा डुब्लिकेट प्रोप्स प्रयोग गर्न पाइन्छ किनकी त्यहाँ व्यवस्था गरिएको छ तर हामी कहाँ भने कसैलाई केहि मतलब छैन’ निर्माता वाग्लेले आफुले चलचित्र विकास बोर्डबाट फिल्म निर्माणको इजाजत लिईसकेपछी कानुनत अन्य स्थानमा स्वीकृत नलिनु पर्ने बताए । उनले फिल्मकर्मीको सहजताको लागि विकास बोर्ड अग्रसर हुनुपर्ने बताए ।
सिस्टमले गर्दा बहिरिन्छन युवा : उनले फिल्ममा युवाको कथालाई चित्रण गरिएको बताए । ‘रोजगारी छैन तर जिविका त चलाउने पर्यो नि होइन र ?’ निर्माता वाग्लेले प्रतिप्रश्न गरे । उनले सिस्टम सहि नहुदा युवा विदेशिएको र जनताले झन्झट बेहुर्नु परेको बताए । ‘हाम्रो सिस्टम नै ठिक छैन , यसैले गर्दा हामी अप्ठेरोमा पर्छौ’ उनले राजनीतिले देश उभो लाग्न नसकेको उनको बुझाइ छ । सिस्टम सहि नहुदा आफु निर्दोष भएता पनि दोषी हुनु परेको उनले बताए ।
फिल्ममै काम : निर्माता वाग्ले नक्कली नोटमा परेर जेल चलान भएपछी उनि फेरी यसक्षेत्रमा फर्किन्छन या अन्य विजनेसमा लाग्छन ? यो जिज्ञाषा धेरैलाई थियो । तर उनले आफु फिल्मकै काममा सक्रिय हुने बताएका छन् । ‘मलाइ चिनाएकै फिल्मले हो , म यसमै काम गरिरहन्छु’ निर्माता वाग्ले आउदा दिनमा आफु अझै परिस्कृत हुदै अगाडी बढ्ने बताए । ‘जीवन नै सिकाइ हो , म सिकिरहेछु’ निर्मता वाग्ले बताउछन ।
फिल्म ‘चङ्गा चेट’ लाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने यसमा प्रदीप भारद्वाजको लेखन रहेको छ । फिल्ममा प्रियंका कार्की , आयुष्मान डिएस जोशी , सन्दीप क्षेत्री , पारमिता आरएल राणा , सुरक्षा पन्त र रविन्द्र झा लगायतको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्







